२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४६

लमजुङमा किशोरी बलात्कारको आरोपमा युवा पक्राउ

आश गुरुङ

लमजुङ — जिल्लामा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । मध्यनेपाल नगरपालिका ४, दुई पिप्लेका २८ वर्षीय सागर बोटेलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार ती किशोरी दुईपिप्ले आएको बेला बोटेले फकाई घरमा लगेर करणी गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले किशोरीलाई बोटेले दुईपिप्लेस्थित आफ्नो घर लगेको र जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएका छन् । घटना तीजको दिन भएको र थाहा पाएपछि किशोरीका अभिभावकले १५ गते बुधबार उजुरी दिएका थिए । उजुरीका आधारमा बोटेलाई बुधबार नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो ।

किशोरीको स्वास्थ्य परीक्षण गर्नुका साथै सोधपुछ गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । युवकको पनि स्वास्थ्य परीक्षण गरिएको र कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत लमजुङमा बिहीबार ७ दिन म्याद थप गरी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १६, २०७९ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?