कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बँदेलको आक्रमणबाट सुर्खेतमा एकको मृत्यु

हरिहरसिंह राठौर

सुर्खेत — पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौकुने – २ का १९ वर्षीय बिक्रम कठायत रहेका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उनीसहित २५ वर्षीय बम बहादुर कठायत र बिर्ख बहादुर बुढा खसी खोज्नका लागि हिँडेका थिए ।

सोही वडाको दानीगौडास्थित जंगलमा बिक्रम कठायत शौच गर्न जंगलतिर गएको अवस्थामा जंगली बँदेलले आक्रमण गरेको हो । उनी कराएको आवाज आएपछि साथमा गएका २ जना जंगलतिर गएर हेर्दा बँदेलले आक्रमण गरेको अवस्थामा भेटिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधव प्रसाद श्रेष्ठका अनुसार ढिलो गरी सूचना पाएको र प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

कर्णाली प्रदेशका सबैजसो जिल्लामा बँदेलले बालीनाली नोक्सान गर्नुका साथै मानिसलाई पनि आक्रमण गर्ने क्रम बढेको छ ।

प्रकाशित : भाद्र १३, २०७९ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?