मानसरोवर कैलाशको दर्शनका लागि भारतीय पर्यटक सिमकोट पुगे

जनकबहादुर शाही

हुम्ला — हुम्लाबाट मानसरोवर कैलाशको दर्शन गर्न लाप्चा जाने धार्मिक पर्यटकहरूको एक समूह सिमकोट आइपुगेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द कैलाश मानसरोवर दर्शन हुम्लाको नाम्खा ६ लिमिको लाप्चाबाट कैलाश मानसरोवर दूरदर्शन गर्न मिल्ले भएपछि भारतीय पर्यटक हुम्ला आएका हुन् ।

मानसरोवर कैलाशको दर्शनका लागि भारतीय पर्यटक सिमकोट पुगे

कोरोनाका कारण हिल्सा नाका बन्द भएपछि पहिलो पटक हुम्लामा ठूलो संख्यामा धार्मिक पर्यटक आएको पर्यटन व्यवसायी विजय लामाले बताए ।

गएको वर्ष १ सय ५० भन्दा बढी धार्मिक पर्यटक आए पनि यस वर्ष लिमि लाप्चाबाट कैलाश मानसरोवर दूरदर्शन गर्न १ हजार ४ सय जना भारतीय पर्यटकहरुले बुकिङ गरेको लामाले बताए । ५६ जना पर्यटकहरूको टोली सिमकोट बसेर बुधबार बिहान गाडीमा नाम्खा १ लेकधिंगामा रहेका बेस क्याम जाने र लेख धिङगाबाट लिमीको ताक्चीसम्म हेलिकोप्टरमा, ताक्चीबाट पुन: गाडीमा लाप्चा पुगेर मानसरोवर कैलाश दर्शन गर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । सदगुरुसहित धार्मिक पर्यटकको ठोली आउने भएकाले सिमकोटदेखि लाप्चासम्मको सुरक्षा व्यवस्था पारिएको प्रजिअ परियारले बताइन् ।

यस वर्ष पहिलो पटक हुम्ला सदरमुकाम सिमकोट पुगेको धार्मिक पर्यटकको टोलीलाई सिमकोट विमानस्थलमा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुशील रोकायालगायको टोलीले खादा लगाएर स्वागत गरेका थिए ।

प्रकाशित : भाद्र ७, २०७९ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?