बलात्कार आराेपितलाई कारबाहीको माग- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार आराेपितलाई कारबाहीको माग

डीबी बुढा

जुम्ला — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन (अनेरास्ववियु क्रान्तिकारी) ले नाबालिका बलात्कारको घटनामा संग्लनलाई कारबाहीकाे माग गरेको छ ।

अनेरास्ववियु क्रान्तिकारी जुम्ला जिल्ला अध्यक्ष रमेश रावलले सोमबार विज्ञप्ति जारी गर्दै घटनामा संग्लनलाई कारबाहीकाेे माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारी निकायका व्यक्तिहरु लगायतको मिलेमतोमा नाबालिकाकी आमालाई आर्थिक प्रलोभनमा पारी करणी जस्तो जघन्य अपराधलाई ७ लाखको चलखेलमा कागज बनाएर उम्काउन खोज्ने व्यवहार घृणित तथा लज्जास्पद हो ।’

आरोपित र मिलापत्रमा संलग्न व्यक्तिलाई छिटोभन्दा छिटो नियन्त्रणमा लिई सत्य तथ्य अनुसन्धान गरी कानुन अनुसार कडाभन्दा कडा कारबाही गर्न र पीडित पक्षलाई न्याय दिन जोडदार माग तथा खबरदारी गरिएको छ ।

घटनालाई विभिन्न चलखेलमा कमजोर पारेर अपराधीहरू उम्काउने र पीडितलाई न्याय नदिएमा कडा संघर्ष गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ ।

कालोबजारी, भ्रष्टाचार, महँगी, अनियमितता राष्ट्रघात,जनघात, बलात्कार, हत्या, हिंसा, एसिड आक्रमण, यौन दुर्व्यवहार, लगायतका विषयमा निरन्तर सडक संघर्षमा उत्रिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : श्रावण ३०, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्

कसैलाई अन्याय नहुने गरी टिकट वितरण हुन्छ : सभापति देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा हुने निर्वाचनमा सबैलाई न्याय हुनेगरी टिकट वितरण गरिने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित बधाई/शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले न्यायसङ्गत ढंगबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गरेका हुन् ।

‘न्यायबद्ध रुपमा टिकट वितरण हुन्छ । कसैलाई अन्याय हुँदैन । तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस्‚’ उनले भने ।

आगामी निर्वाचनमा कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै यसअघिको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एक्लै लडेकाले आफूहरू पराजित भएको तर अब गठबन्धन साथमा रहेको उनले बताए ।

आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको सभापति देउवाले उल्लेख गरे । ‘हाम्रो ध्यान मंसिर ४ मा छ । पहिलो पार्टी बन्छ भन्ने अठोटका साथ हामी लाग्नु पर्छ । त्यो समर्पणका साथ लाग्नुहुनेछ भन्ने लागेको छ । २०७४ सालमा हामी वाम गठबन्धनसँग एक्लै लडेर पराजित भएका थियौं; अहिले हाम्रो गठबन्धन छ । कति ठाउँमा जित्छौं भन्ने कुरा महत्त्वपूर्ण हो । त्यसैले यसमा साथीहरूले मनन गरेर लाग्नु होला‚’ उनले भने‚ ‘पार्टीका साथीहरूलाई भेदभाव गर्दिनँ । सबैलाई मिलाएर लाने इच्छा छ ।’

गठबन्धनका बाबजुद पनि आफूहरू पराजित भएको भन्दै उनले जनताले गाउँ-गाउँमा सिंहदरबार आयो भने पनि हामीले केही पाएनौं भन्न थालेको बताए ।

त्यस्तै कांग्रेसका उपसभापति धनराज गुरुङले अभिमुखीकरण सुशासनका लागि भएको बताए । व्यवस्थाप्रति पात्र बदलिए पनि प्रवृत्ति बदलिएन भन्ने जनगुनासो रहेको उनले बताए । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा भनिए पनि, सिंहदरबारको भ्रष्टाचार गाउँ-गाउँमा पुगेको छ । काठमाडौंबाट फर्किँदै गर्दा सुशासन तपाईंहरूको कार्यसम्पादनमा पुग्छ भन्ने विश्वास कांग्रेसलाई छ‚’ कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने ।

जनताका लागि खुल्ला किताब बन्न आग्रह गर्दै उपसभापति गुरुङले कार्यकर्तालाई पारदर्शी बन्न आग्रह गरे ।

कार्यक्रममा देशभरबाट समन्वय समितिका ३४ प्रमुख‚ २३ उपप्रमुख‚ १४१ नगरप्रमुख‚ ११० नगर उपप्रमुख‚ १८८ गाउँपालिका अध्यक्ष र १९ जना गाउँपालिका उपाध्यक्ष सहभागी थिए ।


प्रकाशित : श्रावण ३०, २०७९ १३:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×