जंगलमा घाँस काट्न गएकाको मृत्यु भएपछि स्थानीयद्वारा सुर्खेत सडक अवरुद्ध

हरिहरसिंह राठौर

सुर्खेत — जंगलमा घाँस काट्न गएका दुई जनाको मृत्यु भएपछि सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

जंगलमा घाँस काट्न गएकाको मृत्यु भएपछि स्थानीयद्वारा सुर्खेत सडक अवरुद्ध

भेरीगंगा नगरपालिका-५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द र कवि ओली जंगली जनावरको आक्रमणमा परी मृत अवस्थामा भेटिएपछि स्थानीयले बबईमा सडक अवरुद्ध गरेका हुन् ।

सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रने सवारीहरु बबई पुल पारी र वारितर्फ रोकिएका छन् ।

चन्द र ओलीको शव घरदेखि करिब ५ सय मिटरको दुरीमा फेला परेको थियो । आइतबार बिहान करिब ८ बजे घाँस काट्न निस्किएका दुवैजना अबेरसम्म नफर्केपछि आफन्तले अस्थायी प्रहरीचौकी बबईलाई खबर गरेका थिए ।

प्रकाशित : श्रावण ३०, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?