कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बालिका बलात्कार घटनामा मानवअधिकार आयोगको चासो

डीबी बुढा

जुम्ला — १३ वर्षीया बालिकालाई करणीको विषयमा राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले चासो देखाएको छ । आयोगका शाखा कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनी र मानवअधिकार अधिकृत धनराज शाहीको टोलीले पीडित बालिकाको आमा र प्रहरीसँग भेटेर ध्यानाकर्षण भएको जनाएको छ ।

बालिका बलात्कार घटनामा मानवअधिकार आयोगको चासो

प्रमुख साहनीका अनुसार आयोगले यो घटना गम्भीर फौजदारी अपराध र बालअधिकार, यौन दुर्व्यवहार भएको विषयको अनुसन्धान गरेर पीडितले न्याय पाउनु पर्नेमा जोड दिइएको छ । प्रहरीले आरोपित चन्दननाथ ७ का ४८ वर्षीय प्रेमजंग (प्रेमराजा) महतलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालेको छ । यो सकारात्मक पक्ष हो । प्रमुख साहनीले भने, 'अझै यस घटनाको प्रभावकारी अनुसन्धान गरी न्याय नमर्ने हुनु पर्दछ ।'

घटनाको विषय उठान गर्ने र समाचार सम्प्रेषण गर्ने पत्रकार र पीडित बालिका र बालिकाको आमाको पनि राज्यले उचित सुरक्षा व्यवस्थापन गर्नुपर्ने सुझाइएको छ ।

घटना सामसुम पार्ने घटनाका मतियारलाई पनि अनुसन्धानको दायरामा ल्याएर कारबाही प्रक्रियामा लैजान ध्यानाकर्षण पनि गरिएको आयोगले जनाएको छ । यौन दुर्व्यवहार घटनाका आरोपित महतले तीन महिनासम्म पटक-पटक करणी गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ ।

आरोपित महतले ती बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्ने भनी छोरी बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी ०७९ वैशाख महिनादेखि घरमा लगिएको थियो ।

प्रकाशित : श्रावण २९, २०७९ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?