३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

फर्कियो ३५९ जनाको ज्योति

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — आँखा उपचार केन्द्र, सल्लेले १ वर्षमा ३ सय ५९ जनाको आँखाको शल्यक्रिया गरेको छ । केन्दले विभिन्न ठाउँमा गरेको शिविरमार्फत उनीहरूले आँखाको ज्योति पाएका हुन् ।

फर्कियो ३५९ जनाको ज्योति

गत आर्थिक वर्ष २०७८/०७९ मा केन्द्रले विभिन्न निकायको सहयोगमा विभिन्न ३ ठाउँमा मोतिबिन्दुको शल्यक्रिया शिविरको आयोजना गरेको थियो । केन्द्रका अनुसार ३२ बिरामीको पनि सामान्य शल्यक्रिया गरिएको छ । आँखामा मासु पलाएका र आन्नो उठेका बिरामीको सामान्य शल्यक्रिया गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा आँखाको उपचार गराउनेको संख्या भने ठूलो छ ।

जिल्लाभरिबाट १ आर्थिक वर्षमा १० हजार १ सय ५९ जनाले आँखाको उपचार गराएका छन् । केन्द्रबाट ५ हजार ९ सय ५४ जनाले आँखा उपचार गराए । बाँकीले विभिन्न शिविरमार्फत आँखा जाँच गराएको केन्द्रका प्रमुख धनबहादुर केसीले बताए । उनका अनुसार आँखा उपचार केन्द्र सल्लेबाट उपचार गराएकामध्ये २ हजार ५ सय ६५ जनालाई चस्मा लगाउन सिफारिस गरिएका छ ।

गत आर्थिक वर्षमा विभिन्न १० वटा विद्यालयमा आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको थियो । जसबाट २ हजार २ सय ३२ विद्यार्थर्लीे सेवा लिएका छन् । २०६८ सालमा स्थापना भएको आँखा उपचार केन्द्रमा आँखा र कानको जाँच, उपचार र सामान्य अप्रेसन हुँदै आएको छ ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?