जागिर छाडेको २० वर्षपछि पुनर्बहाली- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जागिर छाडेको २० वर्षपछि पुनर्बहाली

विप्लव महर्जन

सल्यान — सशस्त्र द्वन्द्वको समयमा तत्कालीन माओवादीको धम्कीपछि सदरमुकाममा विस्थापित भई जागिर छाडेका दार्मा गाउँपालिका–१ का हेमन्तप्रकाश ओली २० वर्षपछि शिक्षकमा पुनर्बहाली भएका छन् । उनलाई नवसर्वसाधारण माध्यमिक विद्यालय रातामाटाले हाजिर गराएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार द्वन्द्वको समयमा जागिर छाडेका ओलीसहित भीमबहादुर केसी र डिल्लीबहादुर ओलीको नाम पुनर्बहालीका लागि सिफारिस गरिएको थियो । त्यसमध्ये केसी अझै सम्पर्कमा नआएको र डिल्लीबहादुर ओली बाग्चौर नगरपालिकाको वडाध्यक्ष पदमा ०७४ मा निर्वाचित भइसकेकाले हेमन्तलाई मात्र पुनर्बहाली गरिएको हो । इकाइ प्रमुख लालबहादुर घर्तीमगरका अनुसार राजनीतिक लाभ लिइसकेकाले ओलीलाई पुनर्बहाली गर्न नसकिएको बताए ।

यसअघि राष्ट्रिय माध्यमिक विद्यालय दार्माकोटमा कार्यरत ओलीले २०५८ सालमा जागिर छाडेका थिए । उनी प्राथमिक तहका शिक्षक हुन् । केसीले भने गोरखनाथ आधारभूत विद्यालय छत्रेश्वरीमा कार्यरत रहेको अवस्थामा २०५९ सालमा जागिर छाडेका थिए ।

त्यस्तै, डिल्लीबहादुरले जनजागृति माध्यमिक विद्यालय पुखातमा कार्यरत रहेको अवस्थामा २०५९ सालमा जागिर छाडेका थिए । तीनै जना शिक्षकले २०४७ सालमा स्थायी नियुक्ति पाएका हुन् । इकाइका अनुसार सशस्त्र द्वन्द्वका कारण सल्यानमा कार्यरत करिब २० शिक्षक उपदानमा निस्किएका थिए ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्

जाजरकोटमा १५ कांग्रेस नेताविरुद्ध कारबाही तयारी

कान्तिपुर संवाददाता

जाजरकोट — कांग्रेस जाजरकोटले कारबाहीका लागि जिल्ला र स्थानीयस्तरका १५ नेता–कार्यकर्तालाई स्पष्टीकरण मागेको छ । गत स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन सहयोग गरेको र निष्क्रिय भई बसेको आरोप आएपछि कारबाहीका लागि स्पष्टीकरण माग गरिएको हो ।

जसका लागि जिल्ला उपसभापति खडकबहादुर बुढाको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको थियो । उनले उम्मेदवारसहित वडा र पालिका कार्यसमितिबाट निर्णय भएकाले ती नेताहरूलाई स्पष्टीकरण सोधिएको बताए ।

‘आफूमाथि लागेको आरोप के कस्तो हो वा होइन ? चित्तबुझ्दो जवाफसहित १५ दिनभित्र लिखित जवाफसहित स्वयम् उपस्थित हुन पत्र पठाइएको छ,’ उनले भने । स्पष्टीकरण माग गरिएकामा कर्णाली प्रदेश कार्यसमिति सहमहामन्त्री रामछाया कुमारी, प्रदेश कार्यसमिति सदस्य कमलदीप पुन, भुमबहादुर रोकाय, कुशे–९ का मोतीराम गौतम, जिल्ला सदस्यहरू धनसरा शाही, चित्रबहादुर शाही, कल्दर सिंहसहित १५ जना छन् ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×