जाजरकोटमा १५ कांग्रेस नेताविरुद्ध कारबाही तयारी

कान्तिपुर संवाददाता

जाजरकोट — कांग्रेस जाजरकोटले कारबाहीका लागि जिल्ला र स्थानीयस्तरका १५ नेता–कार्यकर्तालाई स्पष्टीकरण मागेको छ । गत स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन सहयोग गरेको र निष्क्रिय भई बसेको आरोप आएपछि कारबाहीका लागि स्पष्टीकरण माग गरिएको हो ।

जाजरकोटमा १५ कांग्रेस नेताविरुद्ध कारबाही तयारी

जसका लागि जिल्ला उपसभापति खडकबहादुर बुढाको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको थियो । उनले उम्मेदवारसहित वडा र पालिका कार्यसमितिबाट निर्णय भएकाले ती नेताहरूलाई स्पष्टीकरण सोधिएको बताए ।

‘आफूमाथि लागेको आरोप के कस्तो हो वा होइन ? चित्तबुझ्दो जवाफसहित १५ दिनभित्र लिखित जवाफसहित स्वयम् उपस्थित हुन पत्र पठाइएको छ,’ उनले भने । स्पष्टीकरण माग गरिएकामा कर्णाली प्रदेश कार्यसमिति सहमहामन्त्री रामछाया कुमारी, प्रदेश कार्यसमिति सदस्य कमलदीप पुन, भुमबहादुर रोकाय, कुशे–९ का मोतीराम गौतम, जिल्ला सदस्यहरू धनसरा शाही, चित्रबहादुर शाही, कल्दर सिंहसहित १५ जना छन् ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?