कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

माओवादी जिल्ला इन्चार्जको शिक्षकमा पुनर्बहाली

राजबहादुर शाही

मुगु — नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मंगलबहादुर शाही पुनः शिक्षक पेसामा फर्किएका छन् । सोरु गाउँपालिका-६ सोरुकोट निवासी ५१ वर्षीय उनी २०४२ सालमा शिक्षक पदमा स्थायी भएका थिए ।

माओवादी जिल्ला इन्चार्जको शिक्षकमा पुनर्बहाली

सोरुकोट युवा वर्ष आधारभूत विद्यालयमा कार्यरत शाही २०५८ सालमा स्वेच्छाले माओवादीमा लागी भूमिगत भएपछि ११ वर्षसम्म रिक्त रहेको उक्त पदमा उनी पुनर्बहाली भएका हुन् ।

सर्वोच्च अदालतको फैसलापछि द्वन्द्वकालमा भूमिगत भएका शिक्षक शाही पुनर्बहाली भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्यबहादुर खत्रीले कान्तिपुरलाई बताए ।

शिक्षकको नियुक्तिपत्र लिएर स्कुलमा फर्किने वा माओवादी पार्टी इन्चार्जमै रहेर राजनीतिक स्थापित गर्ने भन्ने शाहीको व्यक्तिगत विचारमा भर पर्ने उनको भनाइ छ ।

करिब ७ वर्षभन्दा धेरै समय भूमिगत जीवन बिताएका शाही २०६२/०६३ मा शान्तिपछि पार्टीको खुल्ला राजनीतिमा देखा परेका थिए ।

उनीसँगै छायाँनाथ रारा नगरपालिकाका बर्मासिंह नेपाली खत्याड गाउँपालिकाका नरबहादुर रावल र सप्तरीका रामलाल मुखिया पनि शिक्षक पदमा पुनर्बहाली भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

प्रकाशित : श्रावण २३, २०७९ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?