कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जंगली च्याउ खाँदा बिरामी परेकी बालिकाको मृत्यु 

विप्लव महर्जन

सल्यान — जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका ४ मध्ये १ बालिकाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ४ साइलाकम्तकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको हो । 

बिहीबार जंगली च्याउ खाँदा शारदा नगरपालिका ४ साइलाकम्तमा केशर ओलीको श्रीमती ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पबित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी परेका थिए । जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा शनिबार विहान रिफर गरिएको थियो ।

बालिकाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी गराए । उनका अनुसार जिल्ला अस्पतालबाट रिफर गरिएका बन्गाड कुपिण्डे नगरपालिका ९ जयतपानीका एकै घरका ४८ वर्षीय भूपबहादुर ओली, उनको ४५ वर्षीया श्रीमती मनकली, २३ वर्षीय छोरा प्रकाश, बुहारी २१ वर्षीय सुशीला ओली र शारदा नगरपालिका ४ साइलाकम्तका ४ गरी ८ जना थिए । जसमध्ये ७ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ ।

जिल्ला अस्पताल सल्यानका ईन्चार्ज तथा एमडीजीपी डा. अभिषेक सिंहले जंगली च्याउ खाएर बिरामी परेकामध्ये २ जनाको अवस्था गम्भीर भएको र तिनीहरुको डाइलसिस गर्नुपर्ने तथा आइसीयूमा भर्ना गर्नुपर्ने हुँदा जिल्ला अस्पतालमा सुविधा नभएकाले आफन्तको सल्लाहअनुसार सबैलाई रिफर गरिएको बताए ।

यो सातामा मात्र च्याउ खाएर १५/१६ जना बिरामी परेर अस्पतालमा भर्ना भएका र त्यसमध्ये केही निको भएर घर फर्किएका उनले जानकारी दिए । ८ जनालाई भने अन्य अस्पतालमा रिफर गरिएको छ । बिरामीमा पखाला, पेट दुख्ने, रक्तचापको कमीजस्ता लक्षण देखिएको थियो ।

नगरपालिका सल्यानका मेयर प्रकाश भण्डारीले समेत सामाजिक सञ्जालमार्फत नगरवासीलाई सल्लाह दिएका छन् ।

प्रकाशित : श्रावण २१, २०७९ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?