कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

जंगली च्याउ खाँदा एकै घरका ४ बिरामी

विप्लव महर्जन

सल्यान — जंगली च्याउ खाँदा शनिबार सल्यानमा एकै घरका चार जना बिरामी परेका छन् । बन्गाड कुपिन्डे नगरपालिका–९ जयतपानीमा एकै घरका चार जना बिरामी परेका हुन् ।

जंगली च्याउ खाँदा एकै घरका ४ बिरामी

बिरामी पर्नेमा वर्ष ४८ का भुपबहादुर ओली, उनकी श्रीमती वर्ष ४५ की मनकली ओली, छोरा वर्ष २३ का प्रकाश ओली र बुहारी वर्ष २१ की सुशिला ओली रहेका छन् ।

बिरामी परेका सबैको जिल्ला अस्पताल सल्यानमा प्राथमिक उपचारपछि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको अस्पताल ईन्चार्ज एमडिजिपी डा. अभिषेक सिंहले बताए । बिरामी परेकामध्ये दुई जनाको अवस्था गम्भीर भएकाले इन्डोस्कोपी गर्नु पर्ने र आईसियुमा राखेर उपचार गराउनु पर्ने भएकाले दुवै सेवाको व्यवस्था नहुँदा रिफर गर्नु परेको उनले जानकारी गराए ।

उनका अनुसार उनीहरुमा झाडापखाला लाग्ने, पेट दुख्ने, प्रेसर लो हुने जस्ता समस्या देखिएको थियो ।

जिल्ला अस्पताल सल्यानमा च्याउ खाएर बिरामी भएका शारदा नगरपालिका ४ साईलाकम्तका एकै घरका चार जनालाई एक दिनअघि मात्र अस्पताल भर्ना गरिएको थियो । एक जनालाई समस्या भएपछि उनीहरुलाई पनि अन्तै रिफर गरिएको छ ।

जिल्ला अस्पताल सल्यानमा दैनिकजसो जंगली च्याउ खाएर बिरामी परेका उपचारका लागि आइरहने गरेको र एकसाता भित्रै १५/१६ जना आइसकेका डा. सिंहले जानकारी गराए । उनले भने, ‘केही उपचारपछि ठिक भएर घर फर्किएका छन भने केहीलाई थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ’ । जंगली च्याउ विषालु हुँदा ज्यान जानसक्ने भएकाले नखान उनले सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित : श्रावण २१, २०७९ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?