मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु

चाँदनी कठायत

वीरेन्द्रनगर — मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीका अनुसार मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगर–१२ की ४३ वर्षीया बालकुमारी नेपालीको मृत्यु भएको हो । उनलाई वीरेन्द्रनगरको मंगलगढीदेखि पूर्वतर्फ जाँदै लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु

ठक्करपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालीले तीनकुने चोकमा बाटो काट्दै गर्दा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भेरीगंगा नगरपालिका–११ का विनोद खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : श्रावण २०, २०७९ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?