कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्रसूति गृह तथा स्वास्थ्य सेवा केन्द्र भवन हस्तान्तरण

कान्तिपुर संवाददाता

सल्यान — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले सल्यानमा प्रसूति गृह तथा स्वास्थ्य केन्द्र भवन निर्माण गरेको छ ।

प्रसूति गृह तथा स्वास्थ्य सेवा केन्द्र भवन हस्तान्तरण

सल्यानको कुमाख गाउँपालिका वडा नम्बर १ टाट्केचौरमा निर्मित उक्त भवन आइतबार एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय समन्वय परिषद् अमेरिकाले वान एनसीसी वान च्यारिटी कार्यक्रमअन्तर्गत उक्त भवन निर्माण भएको हो । चौरजहारी अस्पतालले प्रसूति गृहको नियमित अनुगमन गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालीम दिने, सेन्टरबाट सिफारिस गरिएका बिरामीलाई प्राथमिकताका साथ उपचार गर्ने जिम्मेवारी लिएको पन्थले जानकारी दिए । प्रसूति गृह निर्माणपछि विकट गाउँका स्थानीय बासिन्दाले सुलभ स्वास्थ्य सेवा पाउने पन्थले बताए ।

प्रकाशित : श्रावण १६, २०७९ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?