सडेको अवस्थामा महिलाको शव भेटियो

हरि गौतम

रुकुम पश्चिम — रुकुमको मुसीकोट नगरपालिका–१, गिल्वाङ निपानेस्थित एक महिलाको शव सडेको अवस्थामा भेटिएको छ । अन्दाजी ३५ वर्षीया एक महिलाको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ ।

शव सडेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । शुक्रबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले शव भेटिएको र पहिचान हुन नसकेको जानकारी दिए ।

शवलाई अहिले जिल्ला अस्पताल सल्लेमा राखिएको छ । सडेर टाउको अलग भएको अवस्थामा शव भेटिएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ७, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?