कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अरिङगालले टोकेर बालकको मृत्यु

विप्लव महर्जन

सल्यान — सल्यानमा अरिङगालले टोकेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका ४ बस्ने ललित रानाको ७ वर्षीय छोरा देवदर्शन रानाको मृत्यु भएको हो ।

बुधबार दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला बालक रानालाई अरिङगालले टोक्दा घाइते भएका थिए ।

रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताएका छन् ।

उनका अनुसार बालक रानालाई धेरै वटा अरिङगालले एकै पटक टोकेका थिए । बस्ती नजिकै जंगलमा अरिङगालको गोला भएकाले अरुलाई पनि टोक्ने खतरा बढेको भन्दै जलाएर मार्न स्थानीयले सम्बन्धित निकाय समक्ष आग्रह गरेका छन् ।

प्रकाशित : असार २२, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?