कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

द्वन्द्वपीडितका विषयमा स्विस राजदूतको चासो

चाँदनी कठायत

वीरेन्द्रनगर — नेपालका लागि स्विजरल्याण्डकी राजदूत एलिजाबेथ वोन क्याप्लरले कर्णालीका द्वन्द्वपीडितका विषयमा चासो व्यक्त गरेकी छन् । मंगलबार बिहान मुख्यमन्त्री जीवनबहादुर शाहीसँग भएको शिष्टाचार भेटका क्रममा उलने द्वन्द्वपीडितका सवालमा सरकारले गरेको कामबारे छलफल गरेकी हुन् ।

द्वन्द्वपीडितका विषयमा स्विस राजदूतको चासो

मुख्यमन्त्री शाहीको निजी सचिवालयका अनुसार भेटका क्रममा नेपालमा संघीयताको कार्यान्वयनको अवस्था, सशस्त्र द्वन्द्वका पीडितहरूले भोग्नुपरेको मानसिक स्वास्थ्य समस्या, कर्णालीको सडक गुरुयोजना लगायत विषयमा छलफल भएको थियो ।

यस क्रममा स्विजरल्याण्ड सरकारको सहयोगमा कर्णालीमा सञ्चालित मानसिक स्वास्थ्य कार्यक्रमको विषयमा पनि छलफल भएको छ । स्विजरल्याण्ड सरकारको सहयोगमा सीएमसी नेपालले कर्णालीका तीन जिल्लाका ६ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ ।

भेटका क्रममा राजदूत क्यापलरले द्वन्द्व पीडितहरूको मानसिक स्वास्थ्यमा परिरहेको असर न्यूनीकरणका लागि प्रदेश सरकारलाई गम्भीर बन्न आग्रह गरिन् । मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्व पीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण कामहरू गरेको जानकारी गराएका छन् ।

मुख्यमन्त्री शाहीले द्वन्द्वपीडितको सवालमा कर्णाली प्रदेश सरकार गम्भीर रहेको भन्दै राहत, जीवन निर्वाह भत्ता, औषधोपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा काम गरिरहेका दाबी गरे । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको सडक गुरुयोजना निर्माण अन्तिम चरणमा रहेको राजदूत क्यापलरलाई जानकारी गराएको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित : असार २१, २०७९ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?