सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुक्खा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेको समयमा पहिरोले पुरिएकी अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले पहिरोमा पुरिएककी उनको मृत्यु भएको पुष्टि गरेका हुन् । उद्धारका लागि नेपाली सेना पश्चिम बेसक्यामको हेलिकप्टर मुगुको राराबाट घटनास्थलतर्फ पुगेको थियो ।

पहिरोमा परी घाइते भएकी सोही ठाउँकी ७२ वर्षीया रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । घाइते रती कामीलाई उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको छ । जैसी र विक सुर्खेतको पश्चिमा पर्ने पञ्चपुरी नगरपालिका–७ डौरीखोलानजिक सुख्खा पहिरोमा परेका हुन् ।

प्रकाशित : असार २१, २०७९ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?