पहिरोले अवरुद्ध छिन्चु-जाजरकोट-चौरजहारी सडक सञ्चालनमा

विप्लव महर्जन

सल्यान — अविरल वर्षाका कारण पहिरो जाँदा ५ घण्टा अवरुद्ध भएको छिन्चु-जाजरकोट-चौरजहारी सडक सञ्चालनमा आएको छ । सम्बन्धित निकायले डोजर प्रयोग गरी पहिरो हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमीत खड्काले बताए ।

पहिरोले अवरुद्ध छिन्चु-जाजरकोट-चौरजहारी सडक सञ्चालनमा

अविरल वर्षाका कारण उक्त सडक खण्डको सल्यान र सुर्खेतको सिमानामा पर्ने गुर्वाकोट नगरपालिका ९ पोखरेलगायत आसपासका स्थानमा पहिरो जाँदा सडक सोमबार बिहानैदेखि अवरुद्ध भएको थियो ।

सडक खुलेपछि सबैलाई सहज भएको प्रनाउ खड्काले जानकारी दिए । उनका अनुसार वर्षात्‌का कारण सधैँजसो पहिरो जाने उक्त स्थान आसपासमा डोजरको व्यवस्था गर्न गाडी व्यवसायीले माग गरेका छन् ।

प्रकाशित : असार २०, २०७९ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?