चट्याङले जुम्लामा ८० भेडा मरे

डीबी बुढा

जुम्ला — जुम्लाको पातारासी गाउँपालिका बागजाले पाटनमा चट्याङ लागेर ८० भेडा मरेका छन् । चट्याङबाट पाँच जना कृषकका ८० भेडा मरेका हुन् । ३ सय भेडा हराएका छन् । 

चट्याङले जुम्लामा ८० भेडा मरे

शुक्रबार बेलुकी ३ बजेतिर बागजालेमा परेको चट्याङले पातारासी गाउँपालिका ४ लुम निवासी ५ जना भेडापालक कृषकका भेडाका परेका हुन् । अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको पातारासी गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीले बताए ।

प्रहरी चौकी डिल्लिचौर प्रमुख बद्री साउदका अनुसार जोरा रोकाया, रामबहादुर रेउले, शंकर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाका भेडा मरेका हुन् ।

प्रकाशित : असार १८, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?