३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

असावधानीवश् किटनासक विषादी सेवन गर्दा बालिकाको मृत्यु

विप्लव महर्जन

सल्यान — मकैमा छर्नका लागि किनेर ल्याइएको किटनासक विषादी सेवन गर्दा सल्यानमा ३ वर्षीया बालिकाको मृत्यु भएको छ ।

शारदा नगरपालिका ९ मेलटाकुरा घर भएकी पार्वती बोहराकी छोरी बिमला बोहराले खेल्ने क्रममा असावधानीवश विषादी सेवन गरेकी थिइन् ।

विषादी सेवनपछि बेहोस भएकी बालिका बोहरालाई आमा पार्वतीले उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याएको र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

खड्काका अनुसार पार्वती बोहराले केही दिनअघि मात्रै मकैमा छर्न किटनासक विषादी किनेर ल्याएकी थिइन् । बाबुआमा खेतबारीमा काम गर्न गएको समयममा छिमेकी तथा निज बालिकाकै काकी विष्णु बोहराको ३ वर्षीय छोरा सन्दिप बोहरासँग घरकै बार्दलीमा खेल्ने क्रममा थाहा नपाएर विषादी सेवन गरेकी थिइन् ।

प्रकाशित : असार १३, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?