कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सल्यानका सात स्थानीय तहले ल्याए ३ अर्ब २३ करोडको बजेट 

विप्लव महर्जन

सल्यान — सल्यानका १० स्थानीय तहमध्ये सात स्थानीय तहले ३ अर्ब २३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । शारदा नगरपालिका, छत्रेस्वरी, त्रिबेणी, कालीमाटी, दार्मा, कपुरकोट र सिद्धकुमाख गाउँपालिकाले बजेट ल्याएका हुन् । 

सल्यानका सात स्थानीय तहले ल्याए ३ अर्ब २३ करोडको बजेट 

जिल्लाको शारदा नगरपालिकाले ६४ करोड १७ लाख ६० हजार, छत्रेस्वरी गाउँपालिकाले ४९ करोड ५१ लाख, कालीमाटीले ४५ करोड २२ लाख ५२ हजार, दार्माले ५१ करोड, सिद्धकुमाखले ३२ करोड ३९ लाख ७६ हजार , कपुरकोटले ४५ करोड ४६ लाख ५५ हजार र त्रिबेणी गाउँपालिकाले ४६ करोड ८३ लाख ४८ हजार बराबरको बजेट घोषणा गरेका छन् । शारदाले कुल बजेटको ४० प्रतिशत पुँजीगत र ६० प्रतिशत चालु खर्चमा विनियोजन गरेको छ । छत्रेस्वरीले ३५ प्रतिशत पुँजीगत र ६५ प्रतिशत चालु खर्च विनियोजन गरेको छ ।

कालीमाटीले १४ करोड १९ लाख रुपैयाा पुँजीगत र ३१ करोड चालु खर्च छुट्याएको छ । सिद्धकुमाखले ११ करोड १४ लाख पुँजीगत र २१ करोड २५ लाख चालु, दार्माले २४ करोड पुँजीगत र २७ करोड चालु, कपुरकोटले २१ करोड ८२ लाख पुँजीगत र २३ करोड ६४ लाख चालु खर्च विनियोजन गरेका छन् । त्रिबेणीले कुल बजेटको ४२ प्रतिशत पुँजीगत र ५८ प्रतिशत चालु बजेट बिनियोजन गरेको पालिका प्रमुखहरुले बताएका छन् ।

सबै पालिकाले सडक, खानेपानी, विद्युतीकरण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारमुलक क्षेत्रलाई प्राथमिकता दिएको घोषणा गरेका छन् । त्यस्तै खरको छाना विस्थापित, पशुपालन, कृषकलाई फर्म तथा सहकारीमा आबद्ध गराउने, वन तथा वातावरण संरक्षण गर्ने, विपद नियन्त्रण गर्ने जस्ता कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।

बन्गाड कुपिण्डे नगरपालिका, बाग्चौर नगरपालिका र कुमाख गाउँपालिकाले भने बजेट ल्याउन सकेका छैनन् । बन्गाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकीले दलित महिला सदस्यको मृत्यु भएकाले शुक्रबार बजेट ल्याउन नसकेको बताएका छन् । यस्तै बाग्चौर नगरपालिकाका प्रमुख जनकराज गौतमले पुर्व तयारी हुन नसकेका कारण शुक्रबार बजेट ल्याउन नसकेको बताए । यता कुमाख गाउँपालिकामा भने आन्तरिक विवादका कारण बजेट आउन सकेको छैन ।


प्रकाशित : असार १०, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?