कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भालुको आक्रमणबाट महिला गम्भीर घाइते

विप्लव महर्जन

सल्यान — सल्यानमा शुक्रबार दिउँसो भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । कालिमाटी गाउँपालिका ५ हात्तीदमारकी ६० वर्षीया चन्द्रकला बुढाथोकी गम्भीर घाइते भएकी हुन् ।

शुक्रबार बिहान खाना खाएर घरदेखि टाढा बाँके राष्ट्रिय निकुन्ज क्षेत्रको घुसाबारीस्थित मध्यवर्ती सामुदायिक वनमा बाख्रा चराउन गएको बेला उनलाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट गम्भीर घाइते भएकी बुढाथोकी बेहोस अवस्थामा रहेकी माओवादी केन्द्रको कालिमाटी गाउँपालिका इन्चार्ज रहेका पुरुषोत्तम भट्टराईले बताए ।

उनका अनुसार भालुले आक्रमण गरेपछि लछारपछार गर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको छ भने खुट्टामा सबै भन्दा गहिरो चोट लागेको छ । बेहोस भएकी उनलाई अहिले उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

निकुञ्ज नजिकै बस्ती हुँदा जंगली जनावर बस्तीमा प्रवेश गर्दा बिगतमा भालुकै आक्रमणबाट छ/सात जना घाइते भइसकेका छन् ।

प्रकाशित : असार १०, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?