कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालबालिकालाई खोप लगाइँदै

वीरेन्द्रनगर — सुर्खेतका ५ वर्षदेखि ११ वर्षमुनिका ४९ हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाइँदै छ ।

बालबालिकालाई खोप लगाइँदै

बुधबारदेखि १५ गतेसम्म ५ वर्षदेखि ११ वर्षमुनिका ४९ हजार ६ सय १९ बालबालिकालाई फाइजर खोप लगाइन लागिएको हो । जसका लागि जिल्लाभरिका सबै स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले बताए ।

उनका अनुसार पहिलो खोप लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ । जिल्लाको ३ लाख ६१ हजार ८ सय ३५ जनसंख्यामध्ये ५ देखि ११ वर्ष मुनिका बालबालिकाको संख्या ४९ हजार ६ सय १९ छ । अभियान अनुसार बराहतालमा ४ हजार २४, भेरीगंगामा ६ हजार ६९, वीरेन्द्रनगरमा ११ हजार ५ सय ५२, चौकुनेमा ४ हजार ७६ र चिंगाडमा ३ हजार १६ जनालाई खोप दिइनेछ ।

गुर्भाकोटमा ६ हजार ६ सय ७५, लेकबेसीमा ४ हजार ३ सय ३८, पञ्चपुरीमा ५ हजार ४ सय ४७ र सिम्तामा ४ हजार २४ जनालाई खोप लगाइने कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ९, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?