२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मुगुमा खडेरीले बाली सुक्यो‚ किसान चिन्तित

राजबहादुर शाही

मुगु — जिल्लामा वर्षा नहुँदा खडेरीले अन्नबाली सुक्न थालेपछि किसान चिन्तित भएका छन् । असार सुरु भइसक्दा पनि वर्षा नहुँदा किसानले खेतबारीमा रोपेको धान, चैते कोदो, कागुनो घामले सुक्न थालेको छ ।

मुगुमा खडेरीले बाली सुक्यो‚ किसान चिन्तित

सीमित अन्नबाली मात्र नभएर बारीमा लगाएको खुर्सानी, टमाटर, प्याज, लसुन, फर्सी, काँक्रोलगायतका बिरुवा सुकेर किसानलाई जोगाउन मुस्किल हुन थालेको छ ।

खडेरीले धानको बेर्नासमेत सुक्न थालेपछि किसानलाई रोपाइ गर्न गाह्रो हुन थालेको छ । ‘आकाशबाट पानी आउँदैन; खडेरीले खेतबारीमा बाली सुकिसक्यो‚’ छायाँनाथ रारा नगरपालिका रुघा गाउँकी हजारमति लावडले भनिन्‚ ‘असार लागिसक्यो पानी आउँदैन । कसरी अन्नबाली रोपौं ?’

सिंचाइ कुलोको सुविधा भएका किसानले खेतबारीमा पानी हालेर अन्नबाली जोगाउन थालेका छन् भने सिंचाइबाट वञ्चित किसान आकाशे पानीको प्रतीक्षामा बसेका छन् । खडेरीले पानीका मुहानसमेत सुक्न थालेको र कर्णाली नदीको बाहव पनि घट्दै गएको स्थानीयले बताए ।

खडेरीले कुलोको पानी सुक्न थालेपछि रोपाइँ गर्न मुस्किल हुने अवस्था आएको सोरु गाउँपालिका-४ का अक्क बुढाको भनाइ छ ।

प्रकाशित : असार २, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?