२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जिसस रुकुम पश्चिममा माओवादी विजयी

हरि गौतम

रुकुम पश्चिम — जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा माओवादी केन्द्रकी नेता लुम्बिनी गौतम निर्विरोध निर्वाचित भएकी छन् । उपप्रमुखमा माओवादीकै देवबहादुर कामी निर्विरोध निर्वाचित भए ।

जिसस रुकुम पश्चिममा माओवादी विजयी

नेकपा माओवादीकी केन्द्रीय सदस्य गौतम आठबीसकोट नगरपालिका १०, को वडा सदस्यमा निर्वाचित भएकी थिइन् । माओवादीको कर्णाली प्रदेश सदस्य रहेका कामी सानीभेरी गाउँपालिका–३, बाट निर्वाचित जनप्रतिनिधि हुन् ।

अरु ७ सदस्यमा पनि माओवादीकै उम्मेदवार निर्विरोध निर्वाचित भए । नेकपा माओवादी केन्द्रबाट मात्रै उम्मेदवारी परेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार मतदानको दिन तोकेको थियो ।

अरु उम्मेदवार नभएपछि उनीहरुलालाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । जिल्ला समन्वय समितिको सदस्यमा देउभान ओली, कृष्णबहादुर यरी, रामकुमार गौतम निर्वाचित भए । मीना विक, गीताकुमारी केसी, शारदा दमाई, र गीता नेपाली पनि जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?