कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

मुगुमा यार्साबाट ३१ लाख राजश्व

राजबहादुर शाही

मुगु — मुगुमा यार्सा संकलनबाट मात्रै यस वर्ष ३१ लाख ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका बासिन्दाबाट प्रति व्यक्ति २ हजार र जिल्ला बाहिरबाट आएका व्यक्तिबाट प्रति व्यक्ति २ हजार ५ सयका दरले राजश्व संकलन गर्दा ३१ लाख ५ सय जम्मा भएको मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले बताए ।

मुगुमा यार्साबाट ३१ लाख राजश्व

यार्साबाट उठेको कुल राजश्वमध्ये २० प्रतिशत व्यवस्थापन खर्च ४० प्रतिशत सम्बन्धित वडा कार्यालयमा र बाँकी ४० प्रतिशत गाउँपालिकामा जम्मा हुने गरेको उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत रावलका अनुसार विगत वर्षहरुमा ६० लाखदेखि १ करोडसम्म यार्साबाट राजश्व संकलन हुने गरेको थियो भने यस पटक स्थानीय निर्वाचनका कारण स्थानीय यार्सा टिप्न कम गएकाले राजश्व ३१ लाख ५ सय मात्र संकलन भएको हो ।

कोरोना महामारीका कारण तीन वर्षदेखि मुगुम कार्मारोङ गाउँपालिकाले यार्साको राजश्व संकलन गर्न सकिरहेको थिएन ।

प्रकाशित : जेष्ठ २८, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?