१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वीरेन्द्रनगरमा बलात्कारविरुद्ध प्रदर्शन

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा बलात्कारविरुद्ध प्रदर्शन गरिएको छ । यहाँस्थित विभिन्न विद्यालयका विद्यार्थी, युवा अभियान्ता, संघसंस्थालगायत प्रतिनिधिहरूले बलात्कारका घटनाविरुद्ध प्रदर्शन गरेका हुन् ।

वीरेन्द्रनगरमा बलात्कारविरुद्ध प्रदर्शन

बलात्कारका घटना दिन प्रतिदिन बढ्दै जाँदा पनि पीडितले न्याय नपाएको भन्दै उनीहरूले बलात्कारका मुद्दाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको जनाए ।

उनीहरूले ‘सरकार‚ देखाउ इच्छा खै त महिला सुरक्षा ?’, ‘निर्दोषलाई यातना दोषीलाई उन्मुक्ति किन ?’, मैले यौनीमा मृत्यु बोकेर कतिन्जेल बाँच्नुपर्ने ?, ‘बलात्कारको मुद्दामा हद म्याद खारेज गर’ जस्ता प्लेकार्डहरू बोकेर युवाहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले गीत गाउँदै र सडक नाटकसमेत देखाएर सरकारसँग दोषीलाई कारबाहीको माग गरेका छन् ।

केही दिनअघि एक युवतीले सामाजिक सञ्जालमार्फत सौन्दर्य प्रतियोगिताको सञ्चालकबाट बलात्कार भएको खुलासा गरेपछि वीरेन्द्रनगरमा बलात्कारीलाई कारबाही गर्न कानुनमा भएको हदम्याद हटाउन माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

नेपालको मुलुकी अपराध संहिता-२०७४ मा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकिएको छ । यौनजन्य हिंसा र दुर्व्यवहारको हकमा अपराध भएको मितिले एक वर्षपछि उजुरी नलाग्ने व्यवस्था छ ।

प्रकाशित : जेष्ठ १४, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?