२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सिम्ता गाउँपालिका अध्यक्ष चन्दले सार्वजनिक गरे सम्पत्ति विवरण

सुर्खेत — सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बुधबार पदभार सम्हालेलगत्तै उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सिम्ता गाउँपालिका अध्यक्ष चन्दले सार्वजनिक गरे सम्पत्ति विवरण

अध्यक्ष चन्दले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफ्नो नाममा एउटा मोटरसाइकल, सांग्रिला बैंकमा नगद मौज्दात ८ हजार ३ सय ६२ रुपैयाँ रहेको बताएका हुन् । उनले आफ्नो नाममा कुनै पनि ठाउँमा जग्गा नरहेको उल्लेख गरेका छन् ।

अध्यक्ष चन्दको बुबा शेरबहादुर चन्दको नाममा कित्ता नम्बर ६ घ ६९, ७ घ ६२, ७ घ १३६, ७ घ १३८, ७ घ ६१ को जगा र करिब ५ रोपनी ऐलानी जग्गा र ४ कोठे कच्ची घर रहेको उल्लेख छ । अध्यक्ष चन्दको आमाको नाममा करिब साढे १ तोला सुन र ५ तोला चाँदी, श्रीमती गोपी मैंया (मल्ल) चन्दको नाममा करिब साढे २ तोला सुन, छोरा दीपेन्द्रकुमार चन्दको नाममा पाखोबारी, करिब १ लाख हजार ५० नगद मौज्दात, १ थान मोटरसाइकल रहेको उनले उल्लेख गरेका छन् ।

यस्तै, उनको बुहारी जयन्ती (मल्ल) चन्दको नाममा सिम्ता–५, आलीमा भाँडा पसल र डेढ तोला सुन रहेको अध्यक्ष चन्दले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

यसैबीच, अध्यक्ष चन्दले पदभार ग्रहण गरेसँगै विपन्नको नि:शुल्क स्वास्थ्य बीमा गर्ने पहिलो निर्णय गरेका छन् । चन्द नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

प्रकाशित : जेष्ठ १२, २०७९ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?