मुसीकोटका मेयरको पहिलो निर्णय : शवदाहका लागि निःशुल्क दाउरा

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिकाका नवनिर्वाचित नगरप्रमुखले शवदाहका लागि निःशुल्क दाउरा उपलब्ध गराउने निर्णय गरेका छन् ।

मुसीकोटका मेयरको पहिलो निर्णय : शवदाहका लागि निःशुल्क दाउरा

३ र १३ नम्बर वडाको बीचमा रहेको मुग्लुखोला घाटमा लगिने सबै शवदाहका लागि नगरपालिकाले निःशुल्क दाउरा दिने निर्णयमा नगरप्रमुख महेन्द्र केसीले हस्ताक्षर गरेका छन् ।

पदभार ग्रहण गर्दै नगरप्रमुख केसीले शवदाहका लागि दाउरा जरुरी र अत्यावश्यक भएकाले अब मुग्लुखोला जलाइने हरेक शवका लागि नगरपालिकाले निःशुल्क दाउरा दिने निर्णय प्रमाणित गरेका छन् ।

यस्तै जिल्ला अस्पतालबाट अर्को जिल्ला रिफर भएका विरामीलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णयमा पनि नगरप्रमुख केसीले हस्ताक्षर गरेका छन् ।

नगरपालिका बाहेकका विरामीले पनि यो सेवा पाउनेछन् । यसअघि बन्द भएका विद्यालय पुनः सञ्चालन गर्ने निर्णय पनि उनले गरेका छन् । अरु पदाधिकारीको शपथग्रहणअघि नै पदभार ग्रहणका क्रममा नगरप्रमुख केसीले यी तीन निर्णयमा हस्ताक्षर गरेका हुन् । नगर उपप्रमुख विमलकुमार पुनसहित केही जनप्रतिनिधिले शपथ ग्रहण गरेका छैनन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?