माओवादीलाई भोट हालेको भन्दै छिमेकी कुट्ने दुई पक्राउ

विप्लव महर्जन

सल्यान — स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालेको भन्दै दार्मा गाउँपालिका–२ सिलिङ्गी निवासी युवा व्यवसायी तिलक ओलीलाई निर्घात रुपमा कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २५ वर्षीय चोपलाल ओली र २१ वर्षीया सुरेन्द्र रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवैलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । कुटपिटमा संलग्न निश्चल ओली र चिनबहादुर रोकाय फरार रहेका उनले जानकारी गराए । यही वैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि चार युवाले ओलीलाई केही दिन कुटपिट गरेका थिए ।

उनका अनुसार दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरुलाई कुटपिटको आरोपमा सार्वजनिक मुद्दा लागेको छ । फरार रहेका दुई जनाको खोजी भइरहेको उनको भनाइ छ ।


प्रकाशित : जेष्ठ १०, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?