३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आफ्नो तलब विपन्नका लागि खर्चने उपमेयर खड्काको घोषणा

एलपी देवकोटा

जुम्ला — चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले आफ्नो मासिक पारिश्रमिक गरिब विपन्न, दलित, असहाय वर्गको लागि खर्च गर्ने घोषणा गरेकी छन् । नगर उपप्रमुखले सोमबार पत्रकार सम्मेलन गर्दै आफूले आफ्नो कार्यकालभर पाउने मासिक पारिश्रमिक रकम कोष निर्माण गरेर विपन्न वर्गका लागि सहयोग जनाएकी छन् ।

आफ्नो तलब विपन्नका लागि खर्चने उपमेयर खड्काको घोषणा

चन्दननाथ नगरबासीले आफूलाई दोस्रो उपमेयरको रुपमा निर्वाचित गरेकोमा सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै आफूले चुनावी अभियानका बेेला गरेका बाचा पूरा गर्ने बताइन् । 'विकास निर्माण जनाताको आवश्यकतामा आधारित बनाउन सक्रिय रहने छु,' उनले भनिन्, 'जनप्रतिनिधि र कर्मचारीको सम्बन्धलाई प्रगाढ बनाउँदै जनताको काम छिटो छरितो, पारर्दशिक, भएरहित र निष्पक्ष बनाउन पहल गर्नेछु ।'

देशमा मौलाउँदै गएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न हदै सम्मको प्रयत्न गर्ने प्रतिबद्धता समेत जनाएकी छन् । कानुनले व्यवस्था गरेको उपमेयरको हैसियतले प्राप्त गर्ने सबै अधिकारमा कुनै पनि प्रकारका प्रभावमा नपरी न्याय सम्पादन गर्ने बताइन् ।


प्रकाशित : जेष्ठ ९, २०७९ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?