कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

विप्लव महर्जन

सल्यान — सल्यानमा दुई फरक घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका र शारदा नगरपालिकामा दुई जनाको मृत्यु भएको हो ।

दार्मा गाउँपालिका ३ डाँडागाउँमा रुखबाट लडेर ६८ वर्षीय लबे खत्रीको मृत्यु भएको छ । रुखबाट लडेर गम्भीर घाइते भएका लबे खत्रीको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

यस्तै शारदा नगरपालिका ८ मालडाँडा बस्ने ७३ वर्षीय तेजबहादुर कवर मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार कवरको लडेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

कवर माघ १६ गतेदेखि घरबाट हराइरहेका थिए । घर नजिकै सडकमा शरीरको केही भाग माटोले पुरिएको अवस्थामा उनको शव भेटिएको थियो । दुबैको जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम गरिएको र दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ ८, २०७९ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?