कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तलब नलिने छेडागाडका नवनिर्वाचित मेयर खड्काको घोषणा

जाजरकोट — छेडागाड नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रत्नबहादुर खड्काले राज्यबाट प्राप्त हुने सेवासुविधा नलिने घोषणा गरेका छन् । शुक्रबार पदभार ग्रहण गर्दै प्रमुख खड्काले राज्यबाट प्रदान हुने तलब भत्ता आफूले नलिने घोषणा गरेका हुन् ।

तलब नलिने छेडागाडका नवनिर्वाचित मेयर खड्काको घोषणा

आफूले प्राप्त गर्ने तलब भत्ताबाट कोष स्थापना गरी गरिब, अनाथ पिछडिएका र द्वन्द्वपीडित बालबालिकालाई सहयोग गर्ने बताए । उनले भने, ‘मैले राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिई गरिब तथा विपन्न बालबालिकाहरुमा लगानी गर्नेछु । एउटा कोषको स्थापना गरी उनीहरुलाई सहयोग गर्नेछु । म सेवा सुविधा लिन्न ।’

अघिल्लो निर्वाचनमा निवर्तमान प्रमुख लालबहादुर महतारासँग पराजित खड्काले यस पटकको स्थानीय तहको निर्वाचनमा गठबन्धन दल ( नेपाली कांग्रेस) बाट उम्मेदवार बनेका थिए । ९ हजार १ सय ७३ मत ल्याएर खड्काले निवर्तमान महतारालाई पराजित गरेका थिए ।


प्रकाशित : जेष्ठ ७, २०७९ ०५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?