३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पहिरोले छिन्चु-चौरजहारी सडक १९ घन्टादेखि अवरुद्ध

विप्लव महर्जन

सल्यान — भीरबाट खसेको पहिरोका कारण छिन्चु–जाजरकोट–चौरजहारी सडक अवरुद्ध भएको छ । गत राति परेको वर्षासँगै सल्यानको सिमाना पर्ने बोटेचौर सल्लीबजार सडक खण्डका पोखरे, धागेचरी, कुरिल्ले र जुम्ली भीरका विभिन्न ठाउँमा पहिरो गएको छ ।

पहिरोले छिन्चु-चौरजहारी सडक १९ घन्टादेखि अवरुद्ध

पहिरोका कारण सडक १९ घन्टादेखि अवरुद्ध भएको हो । वर्षाका कारण सडक अवरुद्ध हुँदा दर्जनौं सवारी साधन बीचैमा रोकिएका छन् । यात्रुहरू पैदल हिँड्न बाध्य छन् ।

अहिले पहिरो क्षेत्रमा स्काभेटरद्वारा पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७९ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?