पञ्चपुरी र गुर्भाकोटमा कांग्रेसका उम्मेदवार विजयी

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतको पञ्चपुरी र गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पञ्चपुरीको प्रमुख पदमा कांग्रेसका लालवीर भण्डारी र उपमेयरमा मुक्तिदेवी रेग्मी निर्वाचित भएका छन् । भण्डारीले ५ हजार ९०९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर थापाले ५ हजार ११८ मत ल्याएका छन् ।

पञ्चपुरी र गुर्भाकोटमा कांग्रेसका उम्मेदवार विजयी

त्यस्तै, उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मुक्तिदेवी रेग्मीले ६ हजार ९४ मत ल्याउँदा एमालेकी दुर्गाकुमारी जैसीले ५ हजार १६८ ल्याएकी छिन् । रेग्मी २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित उपाध्यक्ष नै हुन् ।

यस्तै, गुर्भाकोट नगरपालिकाको प्रमुखमा पनि नेपाली कांग्रेसका हस्त पुन र उपप्रमुखमा कांग्रेसकै मैना विक विजयी भएका छ्न् । दुबैजना ०७४ को निर्वाचनमा निर्वाचित प्रमुख र उपप्रमुख हुन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?