१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सल्यान मतगणना अपडेट : यस्तो छ दुई पालिका र ५८ वडाको परिणाम

विप्लव महर्जन

सल्यान — यहाँका १० स्थानीय तहका ८३ वडामध्ये अहिलेसम्म दुई पालिका र ५८ वडाको अन्तिम परिणाम आएको छ । कांग्रेसबाट २३, माओबादी केन्द्रबाट १९, एमालेबाट १४ र नेकपा समाजबादीबाट दुई जना वडाध्यक्ष निर्वाचित भएका छन् । मतगणना सकिएका त्रिवेणी र कुमाख दुवै गाउँपालिकामा कांग्रेसले जितेको छ । 

सल्यान मतगणना अपडेट : यस्तो छ दुई पालिका र ५८ वडाको परिणाम

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसबाट निर्वाचित भएकामा शारदा नगरपालिका–१ मा प्रदिप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी, ५ मा प्रदिप शाही, ६ मा भिकराज बुढाथोकी, ८ मा लक्ष्मण बुढाथोकी, ११ मा राजेश शर्मा, बाग्चौर नगरपालिका–११ मा केशबहादुर भण्डारी र १२ मा टीकाराम ओली छन् ।

त्यस्तै, सिद्धकुमाख–३ मा जितबहादुर बोहरा, कुमाख गाउँपालिका–२ मा ईस्वरी शाही, ३ मा केबल राना, ४ मा शोभिलाल बस्नेत, त्रिबेणी गाउँपालिका–१ मा दलबहादुर बस्नेत, ३ मा कर्णदेब डाँगी, ४ मा छवि शर्मा, ५ मा बिनोद रावत र ६ मा मनोज शाह निर्वाचित भएका छन् । कांग्रेसबाटै कपुरकोट गाउँपालिका–३ मा प्रदिप खडका, कालिमाटी गाउँपालिका–३ मा शिब केसी, बन्गाड कुपिण्डे नगरपालिका–१ मा थुमबहादुर बिसी र १२ मालालबहादुर घर्ती निर्वाचित भएका छन् ।

माओबादी केन्द्रबाट कुमाख गाउँपालिका–१ डिल्ली राना, ६ मा कर्णबहादुर बिक, ७ मा डम्मर शाही, दार्मा–१ मा टंक ओली, २ मा सार्की खत्री, सिद्धकुमाख–१ मा रमेश चलाउने, २ मा मेघराज बुढाथोकी, छत्रेस्वरी–२ मा प्रेम पहाडी, कपुरकोट–१ मा बालाराम खडका, ५ मा होमबहादुर खडका, कालिमाटी गाउँपालिका–६ मा टेकराज पुलामी, शारदा नगरपालिका–७ मा लिलाबहादुर रोका, बन्गाड कुपिण्डे नगरपालिका–२ मा मानबहादुर खत्री, ३ मा धनबहादुर पुन, ९ मा रुद्र परियार, ११ मा बिरबहादुर बुढामगर,बाग्चौर नगरपालिका–६ मा ज्ञानबहादुर ओली, ४ मा कृष्ण बस्नेत, बिजयी भएका छन् ।

एमालेबाट कालिमाटी गाउँपालिका–१ बाट रबिलाल बस्नेत, ४ मा बेलबहादुर चन्द, ५ मा टोपबहादुर कार्की, ७ मा मित्रलाल सुनार , त्रिबेणी–२ मा हस्तबहादुर राम्जा, कपुरकोट–२ मा ईस्वरी बुढा, ४ मा मित्र कठायत, शारदा नगरपालिका–४ मा किशोर हमाल, १० मा कृष्ण बोहरा, १२ मा सुरेन्द्र बुढा, छत्रेस्वरी गाउँपालिका–३ मा तिर्थराज दाहाल, ४ मा छवि केसि, बन्गाड कुपिण्डे नगरपालिका–४ मा पुष्कर बुढा, १० मा मोतिलाल घर्ति बिजयी भएका छन् ।

यस्तै, नेकपा समाजबादीबाट शारदा नगरपालिका–९ हेमेन्द्र बुढाथोकी र बाग्चौर नगरपालिका–७ मा प्रमेश डाँगी बिजयी भएका छन् । अहिलेसम्म निर्वाचित वडाध्यक्षमध्ये शारदा नगरपालिका–३ मा तुलसा भण्डारी एकमात्रै महिला वडाध्यक्ष हुन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?