जाजरकोटमा दुई जना पत्रकार वडाध्यक्षमा निर्वाचित- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोटमा दुई जना पत्रकार वडाध्यक्षमा निर्वाचित

कान्तिपुर संवाददाता

जाजरकोट — जाजरकोटका २ जना पत्रकार स्थानीय निर्वाचनमा वडाध्यक्ष पदमा विजयी भएका छन् । नेपाल प्रेस युनियनसंग आवद्ध सगरमाथा टेलिभिजनका जिल्ला सम्वादाता बद्री पन्त नलगाड नगरपालिका–४ को वडाध्यक्षमा विजयी भएका हुन् ।

नेपाल प्रेस सेन्टरसंग आवद्ध वसन्तप्रसाद शर्मा सदरमुकाम भेरी नगरपालिका–४ को अध्यक्ष पदमा निर्वाचित भएका हुन् । दुवै जना पत्रकार समाजसेवीका रुपमा समेच चर्चित थिए ।


प्रकाशित : जेष्ठ २, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्

कञ्चनपुरको पुनर्वास-१० मा  मंगलबार पुनः मतदान हुने

भवानी भट्ट

कञ्चनपुर — फर्जी मत परेको भन्दै स्थगित भएको पुनर्वास नगरपालिका १० मा मंगलबार पुनः मतदान हुने भएको छ । विजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा फर्जी मत परेपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । 

‘अर्काको मतदाता परिचयपत्रबाट मतदान भएपछि स्थगित भएको हो,’ पुनर्वास नगरपालिकाकी निर्वाचन अधिृकत किरण जोशीले भनिन्, ‘भोलि मतदान हुँदैछ । सबै तयारी पूरा भइसकेको छ ।’

पुनर्वास नगरपालिका १० मा ३ हजार १५ मतदाता छन् । मंगलबार बिहान ५ देखि ७ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित : जेष्ठ २, २०७९ १८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×