दैलेख भैरवी गाउँपालिका-४ मा स्वतन्त्र उम्मेदवार शर्मा निर्वाचित- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैलेख भैरवी गाउँपालिका-४ मा स्वतन्त्र उम्मेदवार शर्मा निर्वाचित

कान्तिपुर संवाददाता

दैलेख — भैरवी गाउँपालिका-४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार चक्र प्रसाद शर्मा निर्वाचित भएका छन् । उनले ५ सय ८० मत प्राप्त गर्दै विजयी भएको भैरवीका निर्वाचन अधिकृत चन्द्रदेव भारतीले बताए।

सो वडामा नेपाली कांग्रेसका कमल बहादुर थापाले ४ सय ३८ र माओवादी केन्द्रका दीपक विकले ७१ मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्

बुटवल-२ को वडाध्यक्षमा समाजवादीका शाक्य निर्वाचित

अमृता अनमोल

बुटवल — बुटवल उपमहानगरपालिका २ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार सुनिल शाक्य निर्वाचित भएका छन् । उनी ९ सय २ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका रमेश नेपालले ८ सय ७१ मत ल्याए । उनले यसअघि २०७४ मा वडा अध्यक्ष जितेका थिए । वडा सदस्यहरुमा भने मिश्रित नतिजा आएको छ ।

खुला सदस्यमा एमालेका गौतमलाल शाक्य, सुमित गुरुङ र महिला सदस्य गङगा घिमिरेले जितेका छन् । दलित महिला सदस्यमा काङ्ग्रेसकी कुमारी देवी दर्नालले जितेकी छन् । यो वडामा यसअघि एमालेको प्यानलले नै जितेको थियो।

प्रकाशित : जेष्ठ १, २०७९ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×