हुम्लामा चंखेलीमा उम्मेदवारबीच झडप

८ राउन्ड हवाई फायर
छपाल लामा

हुम्ला — चंखेली गाउँपालिका २ महादेवा माविस्थित मतदान केन्द्रमा गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारबीच झडप भएपछि सशस्त्र प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ ।

झडपमा परी निर्वाचन अधिकृत कृष्णप्रसाद आचार्य, कार्यलय सहयोगी काला रावत र स्थानीय लिला शाही घाइते भएका छन् ।

केही समय रोकिएको मतदान पुन: सुरु भएको छ ।


प्रकाशित : वैशाख ३०, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्

रामेछापका ३ वटा मतदान केन्द्रमा मतदान रोकियो

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ । राकाथुम, मानपुर र गेलुको सिक्राल मतदान केन्द्रमा मतदाताबीच झैझगडा भएकाले मतदान स्थगित भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले खाँडादेवी १ राकाथुमको मतदान केन्द्रमा र गेलु मतदान केन्द्रमा प्रहरीबाट हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिइएको छ । अवस्थालाई सहज बनाई मतदान कार्य पुन: सुचारु गर्ने तयारीमा रहेको पहाडीले बताए ।

त्यसैगरी सुनापति २ को मानपुर मतदान केन्द्रमा दुई पक्षबीच झडपको अवस्था सिर्ज ना भएकोले मतदान कार्य केही समयदेखि रोकिएको छ । रामेछाप नगरपालिकाको कोलञ्जोर मतदान केन्द्र बाहिर झैझगडा भएको भए पनि मतदान कार्य सुचारु नै रहेको पहाडीले बताए ।

कोलञ्जोरको अवस्था नियन्त्रणमा आइसकेको छ । जिल्लाका अन्य मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको छ ।



प्रकाशित : वैशाख ३०, २०७९ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×