दैलेखको ठाटीकाँध–६ को मतदान रोकियो


दैलेख — दैलेखको ठाँटकाँध गाउँपालिका–६ को मालिका माविमा रहेको पाचला मतदान केन्द्रमा एक घन्टादेखि मतदान रोकिएको छ । मतदानस्थल बाहिर एमाले र नेकमिपामा कार्यकताहरुबीच बाझाबाझ भएपछि मतदान रोकिएको हो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ ।

सर्वदलीय बैठक बसेर थप निर्णय गरिने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । त्यहाँ अहिले प्रहरी परिचालन गरी सुरक्षा संयन्त्र बढाइएको छ । उक्त क्षेत्र सभामुख राजबहादुर शाहीको क्षेत्र हो ।
प्रकाशित : वैशाख ३०, २०७९ ०९:४४