नेतालाई अभद्र व्यवहार गरेको भन्दै राप्रपाका केन्द्रीय सदस्य सिंह पक्राउ

हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोटमा राजनीतिक दलका नेताहरुलाई कालो झण्डा देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य यज्ञबहादुर सिंहलाई नियन्त्रणमा लिएको छ ।

गत मंगलबार निर्वाचनको प्रचारप्रसारमा नलगाड नगरपालिकाको दल्ली, कालिमाटीमा पुगेका नेपाली कांग्रेसका जिल्ला सभापति वेदराज सिंह र नेता राजिव विक्रम शाहलाई राप्रपाका केन्द्रीय सदस्य सिंह लगायतको समूहले कालो झण्डा देखाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

दल्लीस्थित इलाका प्रहरी कार्यालयको टोलीले सिंहलाई बिहीबार खलंगा सदरमुकाम ल्याई हिरासतमा राखेको छ । केन्द्रीय सदस्य सिंहका दाइ विनबहादुर सिंह तीन दशकदेखि नै कांग्रेसमा रहेर पनि उपप्रमुखको टिकट नपाएको भन्दै सिंह लगायतको समूहले नेपाली कांग्रेसका नेताहरुविरुद्ध नाराबाजी गरेका थिए ।

'जिल्लाका नेताहरुबाटै असुरक्षित भएको, अभद्र व्यवहार गरिएको गुनासो आएपछि हामीले नियन्त्रणमा लिएका हौं, आवस्यक छानबिनपछि निस्कर्षमा पुग्नेछौं,' प्रजिअ रामबहादुर शाहीले भने ।

प्रकाशित : वैशाख २९, २०७९ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?