कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

निर्वाचनका लागि हिँडेका म्यादी प्रहरीको मृत्यु

रुकुम पश्चिम — स्थानीय तह निर्वाचनका लागि हिँडेका एक म्यादी प्रहरीको मृत्यु भएको छ । उपल्लो डोल्पाको से–फोक्सुण्डो गाउँपालिका–१, कोमास मतदान स्थल खटिएका २० वर्षीय सुरिन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काइके गाउँपालिका–४, घर भएका २४ वर्षीय विक आफूलाई खटाइएको मतदान स्थल पुग्नुअगावै बिरामी भएका थिए । से–फोक्सुण्डो गाउँपालिका–३ से गाउँमा उनको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले बताए । उकालो लाग्ने क्रममा पेट दुख्ने समस्या भएपछि उनलाई से गाउँमा फर्काइएको थियो ।

उनी बिरामी भएपछि उनको साथमा रहेका अरू २ जना म्यादी प्रहरीले मृत्यु भएको खबर गरेको डीएसपी थापाले बताए । से गाउँमा फोन लाग्दैन । मृतकसँगै रहेका म्यादी डेढ घण्टा टाढा आएर घटनाबारे प्रहरीलाई खबर गरेका थिए । लेक लागेर उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २९, २०७९ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?