कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, ५ घाइते

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–१० मा मौन अवधिमै झडप भएको छ । बुधबार राति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा परी माओवादीको तर्फबाट वडा सदस्यका उम्मेदवार तुल्सीराम बुढा लगायत ५ जना घाइते भएका छन् । झडपपछि दुवै पार्टीका वडाध्यक्षका उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।

कांग्रेसका उम्मेदवार गणेशमान डाँगी र माओवादी केन्द्रको तर्फका उम्मेदवार विरेन्द्र रोकायलाई फेरि झडप नगर्न भन्दै छाडेको प्रहरीले जनाएको छ । कांग्रेसले माओवादीहरु पैसा बाँड्दै हिडेकाले त्यो रोक्न प्रयास गरेको बताएको छ ।

माओवादीले भने अन्य वडाबाटसमेत मान्छे बोलाएर आफ्ना उम्मेदवार कार्यकर्तामाथि कुटपिट गरेको बताएको छ ।

घाइतेको नगर अस्पताल चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । घाइते वडा सदस्यका उम्मेदवार बुढाले आफूहरुमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरेको र वडाअध्यक्षका उम्मेदवार विरेन्द्र रोकाय र सौगात रोकायलाई केही समय बन्धक समेत बनाएको बताए ।

प्रकाशित : वैशाख २९, २०७९ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?