कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

गाडीको छतबाट खसेर चुनावी प्रचारमा हिँडेका युवाको मृत्यु

विप्लव महर्जन

सल्यान — जिल्लाको कालिमाटी गाउँपालिकामा नेपाली कांग्रेसको प्रचारप्रसार गर्न गाडीको छतमा चढेका युवाको खसेर मृत्यु भएको छ । स्थानीय तहको निर्वाचनका लागि प्रचारमा हिँडेका १८ वर्षीय खुमराज थापाको लु १ ज ४५९९ नम्बरको जिपबाट खस्दा मृत्यु भएको हो ।

कालीमाटी गाउँपालिका २ दानिगौरामा जिपको छतबाट खसेर सख्त घाइते भएको थापाको उपचारका क्रममा तुलसीपुर अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो । घाइतेको मृत्युपछि अहिले गाडी र बबई गाउँपालिका २ दाङ घर भएका वर्ष २८ का चालक खुमबहादुर छन्त्याललाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खड्काले जनाए ।

थापा कांग्रेसको स्थानीय वडाका उम्मेदवार भूपेन्द्र घर्तीमगर चढेको जिपको छतमा बसेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख २४, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?