माओवादीका आधिकारिक र बागी उम्मेदवार पक्षबीच झडप, ६ जना घाइते

हरि गौतम

रुकुम पश्चिम — माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबीच झडप हुँदा ६ जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिका–१, मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबीच झडप हुँदा उनीहरु घाइते भएका हुन् ।

माओवादीका आधिकारिक र बागी उम्मेदवार पक्षबीच झडप, ६ जना घाइते

घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टिकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् । घाइतेमध्ये धर्मेन्द्र, जीवन र टिकाजंगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । घाइते तीन जनालाई नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।

सुन्दरले माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए । उनी माओवादी केन्द्रका त्रिवेणी गाउँपालिका उपाध्यक्षसमेत थिए । बागी उम्मेदवारी दिएका कारण पार्टीले उनलाई ६ महिनाको लागि निलम्बन गरिसकेको छ । तर सुन्दरले भने यो झडपमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

उनीहरुकै व्यक्तिगत झगडालाई अन्य ढंगबाट विश्लेषण गरिएकोप्रति उनले आपत्ति जनाएका छन् । उनले विज्ञप्ति जारी गरेरै यो व्यक्तिगत कुरा भएको र समूहगत कुरा नभएको उल्लेख गरेका छन् ।

प्रकाशित : वैशाख २०, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?