कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हुम्लामा एक म्यादी प्रहरीको मृत्यु

जनकबहादुर शाही

हुम्ला — सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। सिमकोट माथिल्लो बजारस्थित एक कोठामा म्यादी प्रहरीको मृत अवस्थामा भेटिएका छन् ।

सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी कृष्णराज ओझाले पुष्टि गरे । हुम्लाको सर्केगाड गाउँपालिका–६ घर भई सिमकोटमा बस्दै आएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको हुम्ला प्रहरी प्रमुख ओझाले बताए । मृत्युको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरी प्रमुख ओझाले बताए। भूपू प्रहरी हवल्दार रहेका मृतक म्यादी प्रहरी रोकाया सिमकोट गाउँपालिका–२ को रामदेव मावि मतदान केन्द्रमा खटिएका थिए ।


प्रकाशित : वैशाख १५, २०७९ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?