सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

विप्लव महर्जन

सल्यान — राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोलामा बुधबार राति ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

कपुरकोट बजारबाट गिटी बालुवा लिएर कपुरकोट गाउँपालिका–३ फलाटे जाँदै गरेको लु ३ त ४३७७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हो । गम्भीर घाईते हुनेमा ट्याकटरमा सवार कपुरकोट गाउँपालिका–३ फलाटेका १८ वर्षीय खेमराज महतरा र दिपक केसी छन् ।

घाइते दुवैको अहिले राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कपुरकोट सल्यानले जनाएको छ । ट्याक्टरमा पाँच जना सवार थिए । चालक फरार रहेका इलाका प्रहरी कार्यालय कपुरकोटका इन्चार्ज नन्दलाल भारतीले जानकारी दिए । ट्याक्टर सडकमै पल्टिएको थियो ।

प्रकाशित : वैशाख ८, २०७९ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?