१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जुम्लाको हिमा गाउँपालिकामा एमालेले टुंग्यायो उम्मेदवार

डीबी बुढा

जुम्ला — नेकपा एमालेले जिल्लाको हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । अध्यक्षमा जयबहादुर खत्री र उपाध्यक्षमा भागरथी शाहीको नाम टुंगो लगाएको एमाले जुम्लाका सचिव धनकृष्ण पाण्डेले जानकारी दिए । हिमा गाउँपालिका कमिटीले दुई जनाको नाम मात्र सिफारिस गरेकोले सर्वसम्मत भएको हो ।

जुम्लाको हिमा गाउँपालिकामा एमालेले टुंग्यायो उम्मेदवार

जुम्लामा एक नगरपालिकासहित ७ गाउँपालिका रहेका छन् ।

सचिव पाण्डेका अनुसार कनकासुन्दरीबाट मानबहादुर रोकाया र तिलाबाट रेशमबहादुर शाहीको नाममा अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस भएर आइपुगेको छ । अन्य पालिकामा पनि उम्मेदवार छनौट प्रक्रिया चलिरहेको उनले बताए ।

एमालेले जिल्लामा पालिकाको उम्मेदवार टुंगो लगाउन नमिल्ने मापदण्ड बनाएको छ । सिफारिस भएका उम्मेदवारको नाम प्रदेश कार्यालयमा पठाइन्छ । सर्वसम्मत आएको खण्डमा पनि नाम प्रदेश कार्यालयमा पठाउने तयारी गरिएको सचिव पाण्डेले बताए । जिल्लामा तीन जनाभन्दा बढीको सिफारिस आएको खण्डमा छनौट गरेर तीन जनाको नाम मात्र प्रदेश कार्यालयमा पठाउने प्रावधान छ ।


प्रकाशित : चैत्र २९, २०७८ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?