२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

हुम्लामा थपिए २ मतदान केन्द्र

जनकबहादुर शाही

हुम्ला — आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २ वटा उपकेन्द्र थपिँदा हुम्लामा ५४ वटा मतदान केन्द्र हुने भएका छन् । मतदाता संख्याका आधारमा एक हजारभन्दा बढी मतदाता संख्या रहेको सिमकोट गाउँपालिका ७ को टुलिङ र ताँजाकोट गाउँपालिका ३ थापागाउँमा २ वटा उपकेन्द्र थप्दा जिल्लामा ५४ मतदान केन्द्र भएको जिल्ला निर्वाचन आयोग हुम्लाले जनाको छ ।

हुम्लामा थपिए २ मतदान केन्द्र

एक हजारभन्दा बढी मतदाता संख्या रहेका ५ वटा मतदान केन्द्र भए पनि निर्वाचन आयोगले २ वटा केन्द्रमा मात्र उपकेन्द्र थप गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मुक्तिनन्द रावलले बताए ।

२०७४ सालको स्थानीय निर्वाचनभन्दा दुईवटा मतदान उपकेन्द्र थपिएको हो‚ जसमा एक हजारभन्दा बढी मतदाता संख्या रहेको सिमकोट गाउँपालिका ७ को टुलिङ र ताँजाकोट गाउपालिका ३ कैलाश आधारभूत विद्यालय थापागाउँमा मतदान उपकेन्द्र थप गरिएको प्रमुख रावलले बताए ।

आयोगले जिल्लाको मागअनुसार उपकेन्द्र थप गरिएको आयोगले जनाएको छ । यसपटकको स्थानीय निर्वाचनका लागि गाउँपालिकाका अनुसार निर्धारण गरिएका मतदान केन्द्रको संख्यामा नाम्खा गाउँपालिकामा १० वटा, सिमकोटमा ९ वटा, खार्पुनाथमा ५ वटा, सर्केगार्डमा ११ वटा, चंखेलीमा ७ वटा, अदानचुलीमा ६ वटा र ताँजाकोटमा ६ वटा गरी जम्मा ५४ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।

अहिले हुम्लाको मतदाता संख्या ३२ हजार ५ सय ८१ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदातामा सार्वजनिक गरिएको छ । अन्तिम रुपमा सार्वजनिक भएको मतदाता नामावलीअनुसार यसअघिका निर्वाचनमा २९ हजार ३ सय ८८ मतदाता रहेको हुम्ला जिल्लामा ३ हजार १ सय ९३ मतदाता बढेर ३२ हजार ५ सय ८१ कायम रहेको छ । जसमा महिलाको मतदाता १५ हजार ६ सय ७ छन् भने पुरुषको संख्या १६ हजार ९ सय ७४ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

अहिले जिल्लाका ७ वटा गाउँपालिकामा नाम्खामा ३ हजार १ सय ८२, सिमकोटमा ६ हजार ६ सय ३६, खार्पुनाथमा ४ हजार ४७, सर्केगार्डमा ६ हजार ६ सय ८०, चंखेलीमा ३ हजार ५ सय ४८, अदानचुलीमा ४ हजार ७ सय २० र ताँजाकोट गाउँपालिकामा ३ हजार ७ सय ६८ मतदाता रहेका छन् । गत माघ २४ गतेसम्म अन्तिम मतदाता नामावली सङ्कलन गर्ने काम भएको थियो । अघिल्लो निर्वाचनभन्दा यस पटक तीन हजार १९३ मतदाता थपिएका छन् ।

प्रकाशित : चैत्र २२, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?